काठमाडौं । नेपाली कांग्रेसका निलम्बित सांसद मोहनबहादुर बस्नेतलाई २५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
विशेष अदालतका न्यायाधीशहरू तेज नारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले उनलाई पुर्पक्षको लागि २५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हाे।
बस्नेतलाई २५ लाख बराबरको धरौटी वा सो रकम बराबरको बैंक ग्यारेन्टी बुझाएर छाड्न आदेश भएको हाे।
उनिबिरुद्ध नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) खरिदमा भ्रष्टाचार गरेको आरोपछ। बस्नेत आइतबार अदालतमा उपस्थित भएका थिए।
उनीसहित १६ जनाको संलग्नता रहेको भन्दै जनही तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो मागदाबी लिएको थियो। टेरामक्स खरिद प्रक्रिया सुरू हुँदा बस्नेत सञ्चार तथा सूचना प्रविधि मन्त्री थिए।
