काठमाडौं । बीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिका–९ स्थित नार्केमा लेदोसहित आएको पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ ।
साँझ ५ बजेतिर वर्षासँगै लेदोसहित पहिरो खसेपछि राजमार्गमा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको हो ।
अवरुद्ध भएको राजमार्गलाई खुलाउने प्रयास भइरहेकाे छ।



























