‘६० दिने युद्धविराम गर्न इजरायल सहमत’ ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने युद्धविरामलाई अन्तिम रूप दिन आवश्यक शर्तहरूमा सहमति जनाएको बताएका छन्।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा यस्ताे लेखेका हुन्। ‘हामी युद्ध अन्त्य गर्न सबै पक्षसँग मिलेर काम गर्नेछौं’ उनले लेखेका छन्। ‘कतार र इजिप्टले शान्ति स्थापनाका लागि निकै मिहिनेत र हमासले यो सम्झौतामा सहमति जनाउनेछ भन्ने पूर्ण आशा रहेकाे उनले उल्लेख गरे।

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेकोमा करिब १,२०० जनाको मृत्यु भएको थियो। त्यसपछिका इजरायलले गाजामा सैन्य कारबाही सुरु गरेको थियो।

हमासको स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयता गाजामा कम्तीमा ५६ हजार ६४७ जनाको मृत्यु भइसकेको छ।

इजरायलले हमासलाई पूर्ण रूपमा समाप्त गरेपछि मात्र संघर्ष अन्त्य हुने बताउँदै आएको छ ।

त्यस्तै हमासले लामो समयदेखि स्थायी युद्धविराम र गाजाबाट इजरायली फौजको पूर्ण रूपमा फिर्ता माग गर्दै आएको छ।

हाल करिब ५० जना इजरायलीहरू गाजामा बन्धक अवस्थामा छन्, तीमध्ये कम्तीमा २० जना जीवित रहेको अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here