नेपालले सेमिफाइनलमा आज मलेसियासँग खेल्दै

काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कपको फाइनल प्रवेशका लागि नेपालले आज मलेसियासँग खेल्दै छ ।

नेपाल र मलेसियाबीचको सेमिफाइनल खेल आज विहान पौने ८ बजेदेखि सेलांगर टर्फ क्लबमा सुरु हुनेछ । प्रतियोगिताको समूह ए मा रहेको नेपाल समूहविजेता हुँदै सेमिफाइनल खेल्न लागेको हो । त्यस्तै मलेसिया समूह बी को उपविजेता हो ।

मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई २९८ रनले हराउँदै समूहविजेता बनेको थियो ।

त्यसअघि नेपालले सिंगापुर, जापान र इन्डोनेसियालाई हराएको थियो ।

उता मलेसिया भने समूह बी मा माल्दिभ्स, थाइल्याण्ड र म्यानमारलाई हराएको थियो ।

आजै सोही समयमा हुने अर्को सेमिफाइनलमा हङकङले सिंगापुरसँग खेल्नेछ । फाइनल शनिबार हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here