बिल गेट्स सबैभन्दा धनी व्यक्ति,जेफ बेजोसले आफ्नो स्थान गुमाए

एजेन्सी । विश्वकै सबैभन्दा धनी व्यक्तिको पहिलो स्थानमा रहेका विश्वको सबैभन्दा ठूलो अनलाइन कारोबार कम्पनी अमेजनका सीईओ जेफ बेजोस फेरि दोस्रो स्थानमा झरेका छन् ।

बिहीबारको कारोबारको क्रममा अमेजनको शेयरको मूल्यमा ७ प्रतिशतको गिरावट आएसँगै उनको पहिलो स्थान गुमेको फोर्ब्सले जनाएको छ । यो गिरावटका कारण बेजोसको सम्पत्ति १०३.९ अर्ब डलरमा झरेको छ ।

बिहीबार दिउँसो कारोबारी समयको तेस्रो चतुर्थांशमा अमेजनको कूल आम्दानीमा २६ प्रतिशत गिरावट रिपोर्ट गरिएको थियो । यो २०१७ देखि अमेजनको पहिलो घाटामा भएको कारोबार थियो । कारोबारी समयको अन्त्यसम्ममा अमेजनको शेयर मूल्य ९ प्रतिशतसम्म (१६२४ डलर प्रतिशेयर) घटेको थियो ।

पहिलो स्थानमा माइक्रोसफटका संस्थापक बिल गेट्स पुगेका छन् । बिल गेट्सको सम्पत्ति बिहीबारको कारोबार सकिँदासम्म १०५.७ बिलियन डलर रहेको छ । १८ जुलाइ २०१८ मा संसारको सबैभन्दा धनी व्यक्तिको उपाधि हासिल गरेपछि अमेजनका संस्थापक र मुख्य कार्यकारी बेजोस आधुनिक इतिहासका सबैभन्दा धनी व्यक्ति बनेका थिए ।

बेजोसको सम्पत्तिमा गिरावट आउनुको मुख्य कारण शेयर मूल्यमा आएको गिरावट भने होइन । बेजोसले आफ्नो अमेजनको कूल शेयरको एक चौथाइ आफ्नी पूर्वपत्नी म्याकेन्जी बेजोसलाई डिभोर्स सेटलमेन्टको रुपमा दिएका थिए । उनीहरुको सम्बन्धविच्छेद र म्याकेन्जीको नाममा शेयर स्थानान्तरणको काम यही वर्ष भएको थियो ।

म्याकेन्जी बेजोसको सम्पत्ति अहिले ३२.७ अर्ब डलर छ र उनी विश्वका सबैभन्दा धनी २० जनाको सूचीमा पर्छिन् । जेफ बेजोसले १६ जुलाइ १९९५ मा अमेजनको स्थापना गरेका थिए । आज यो कम्पनी संसारको सबैभन्दा ठूला इकमर्स कम्पनीमध्ये एक हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here