सवारी चालक अनुमतिपत्रसम्बन्धि सबै सेवा बन्द

काठमाडौं । सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएपछि लाइसेन्ससँग सबन्धित सबै सेवाहरू आजदेखि बन्द भएका छन् ।

यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि बन्द गरेको जनाएको हाे ।

‘सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा (ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रणाली)हरूको सबै सेवाहरू बन्द भएको व्‍यहोरा जानकारी गराइन्छ’ विज्ञप्तिमा भनिएको उल्लेख छ। अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि सवारी अनुमतिपत्रसँग सम्बन्धित सबै सेवाहरू बन्द रहने उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here