पुलबाट हामफाल्न खाेजेका गाेरखाका वृद्धको उद्धार

चितवन । चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलबाट हामफाल्न खाेजेका गाेरखाको सिरानचोक गाउँपालिकाका ६४ वर्षीय वृद्धको उद्धार गरिएको छ ।

इलाका प्रहरी मुग्लिनबाट खटिएको प्रहरी टोलीले ती वृद्धको उद्धार गरेको प्रहरी निरीक्षक प्रतीक सिंहले अनलाइनखबरलाई जानकारी दिए ।

हाल काठमाडौं बस्ने उनलाई हाम्फाल्न खोजेको अवस्थामा स्थानीयले उद्धार गरी प्रहरीलाई खबर गरेपछि उद्धार गरिएको हाे।

प्रहरीले घटनाबारे थप अनुसन्धान गइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here