अखिल क्रान्तिकारीद्वारा त्रिविका पदाधिकारीलाई प्रवेशमा रोक

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूलाई प्रवेशमा रोक लगाएका छन् ।

उपकुलपतिसहितका पदाधिकारीलाई क्रान्तिकारीका विद्यार्थीहरूले प्रवेशमा रोक लगाएका हुन् ।

सर्वोच्च अदालतले बुधबार त्रिविमा लगाएको ताला तत्काल खोल्न आदेश दिएपछि शुक्रबार बिहान सर्वोच्चको आदेश अनुसार आंशिक प्राध्यापकसहित नेविसंघ निकट विद्यार्थी र अखिल क्रान्तिकारीले लगाएको ताला खोलेका थिए ।

ताला खोलेसँगै अखिल क्रान्तिकारीले भने पदाधिकारीलाई प्रवेशमा रोक लगाएको हो । अखिल क्रान्तिकारी त्रिविको कार्यवाहक अध्यक्ष शिवराज भट्टले एक विज्ञप्ति जारी गर्दै माग पूरा नहुँदासम्मको लागि प्रवेश निषेध गरेको जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here