बढ्याे रेमिट्यान्स,जेठमै भित्रियो पौने २ खर्ब

काठमाडौं । चालु आव २०८१/८२ १० महिना (साउन–जेठ) सम्ममा विप्रेषण आप्रवाह १५.५ प्रतिशतले बढेकाे छ। साे अवधिमा रेमिट्यान्स वृद्धि भई १५ खर्ब ३२ अर्ब ९३ करोड पुगेको हाे । गत आव सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले बढेको थियो ।

चालु आर्थिक वर्ष जेठ महिनामा खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँकाे रेमिट्यान्स स्वदेश भित्रिएको छ । यो रकम वैशाख महिनाको तुलनामा करिब १० अर्बले धेरै हो । वैशाखमा १ खर्ब ६५ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको थियो ।

तर, जेठमा भित्रिएको रेमिट्यान्स बढेर १ पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष सोही महिना यस्तो आप्रवाह १ खर्ब २८ अर्ब ९१ करोड थियो ।

चालु आव ११ महिना अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ । गत आव सोही अवधिमा यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो ।

त्यस्तै राष्ट्र बैंकको तथ्यांकअनुसार आव ११ महिनामा खुद द्वितीय आय १६ खर्ब ६८ अर्ब ३० करोड पुगेको छ । गत आव सोही अवधिमा यस्तो आय १४ खर्ब ४३ अर्ब १० करोड थियो ।

चालु आव जेठसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ४ लाख ५२ हजार ३ सय २४ र पुन: श्रम स्वीकृति लिनेको संख्या ३ लाख ८ हजार ६७ छ । गत आव सोही अवधिमा यस्तो संख्या क्रमश: ४ लाख २१ हजार ३ सय ५६ र २ लाख ६१ हजार २ सय १० थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here