सडक भासिँदा बर्दघाट–दुम्किबास खण्डमा यातायात अवरुद्ध

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्नेको खुर्सानी खोलामा सडक भासिँदा बर्दघाट–दुम्किबास खण्डमा यातायात अवरुद्ध भएको छ ।

खुर्सानी खोलानजिक सडक भाँसिएसँगै सोही ठाउँमा ट्रक फसेपछि उक्त खण्डमा रातिदेखि नै यातायात पूर्णरुपमा बन्द भएको हो ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तले सडक अवरुद्ध भएपछि पूर्वतर्फ जाने सवारी साधनहरु बर्दघाटको टिसिएनचोकमा र पूर्वबाट आएका सवारी साधनहरु दुम्किबासतर्फ रोकिएका छन् ।

वर्षाका कारण खुल्नलाई केही समय लाग्ने डीएसपी पन्तले बताए ।

खुर्सानी खोलामा पटक-पटक सडक भासिदा सडक अवरुद्ध हुँदै आएको थियो । नारायणगढ–बुटवल सडक विस्तारको काम भइरहेपनि दाउन्ने खण्डको १४ किलोमिटर सडकको काम ढिला हुँदा बारम्बार सडक अवरुद्ध हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here