उपनिर्वाचनका लागि आचारसंहिता कार्यान्वयनमा,कहाँ-कहाँ हुँदैछ उपनिर्वाचन ?

काठमाडौं, ८ कात्तिक । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह सदस्यका रिक्त पदका लागि हुने उपनिर्वाचनका लागि आचारसंहिता कार्यान्वयनमा आएको छ । मंसिर १४ गते देशका ३७ जिल्लामा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५२ पदका लागि निर्वाचन हुँदैछ ।

शुक्रवारदेखि उपनिर्वाचन हुने क्षेत्रका आचार संहिता कार्यान्वयनमा आएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार आचारसंहिता उपनिर्वाचन हुने निर्वाचन क्षेत्र वा स्थानीय तहमा लागु हुने र नेपाल सरकार, कर्मचारी, राजनीतिक दल, उम्मेदवार र सञ्चारमाध्यमहरूले पालना गर्नु पर्नेछ।

उपनिर्वाचन ३७ जिल्लामा विभिन्न कारणले रिक्त भएका प्रतिनिधिसभा, प्रदेशसभा, स्थानीय तह प्रमुखसहित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडाअध्यक्षका ५२ पदका लागि हुने छ। कास्की-२ मा प्रतिनिधिसभा सदस्य र भक्तपुर-१, बाग्लुङ-२ र दाङ-३ मा प्रदेशसभा सदस्यको लागि निर्वाचन हुँदैछ।

धरान उपमहानगरपालिकामा नगरप्रमुख पदको लागि निर्वाचन हुने कार्यक्रम छ। त्यसका अतिरिक्त विभिन्न जिल्लाका गाउँपालिकाहरूमा रिक्त ३ अध्यक्ष, १ उपाध्यक्ष र ४३ वडाअध्यक्ष पदका लागि चुनाव हुँदैछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here