४ महिनाकै उच्चतम अंकमा पुग्याे नेप्से, काराेबारमा पनि वृद्धि

काठमाडौं । बिहीबार सेयर बजार करिब ४ महिनाकै उच्चत अंकमा पुगेको छ । आज नेप्से परिसूचक २५.८९ अंक बढेर २७३१ मा कायम भएको छ ।

यो अंक २८ फागुनयताकै उच्च हो । फागुन २८ मा नेप्से २७३६ अंकमा पुगेकाे थियाे। त्यस्तै आज कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ७ अर्ब ४५ करोडको कारोबार भएकोमा आज ९ अर्ब ६८ करोडको भएकाे हाे ।

१६१ कम्पनीको मूल्य बढ्यो भने ८७ को घट्यो । बिहीबार पनि वाणिज्य बैंकहरुकै सेयरमा आकर्षण देखिएको छ । विकास बैंक १.१२, फाइनान्स ०.५१, होटल तथा पर्यटन ०.१४, लगानी ०.३५, जीवन बीमा ०.१९, उत्पादन तथा प्रशोधन ०.४५, माइक्रोफाइनान्स १.४६, निर्जीवन बीमा ०.२७ तथा अन्य ०.१७ प्रतिशत बढेका छन्। यता व्यापार ०.५३ तथा हाइड्रोपावर ०.२२ प्रतिशत घटेका छन्।

माइखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ८.१५ प्रतिशत बढ्यो । त्यस्तै मण्डु हाइड्रोपावरको ६.७६, समता घरेलु लघुवित्तको ६.५७, भगवती हाइड्रोपावरको ६.५२, सानिमा बैंकको ४.८० प्रतिशत मूल्य बढेका छन्।

प्रतिशतका आधारमा आज मूल्य धेरै बढेका वाणिज्य बैंकमा सानिमापछि एसबीआई, लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक, प्राइम कमर्सियल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, माछापुच्छ्रे बैंक, ग्लोबल आईएमई बैंक तथा कृषि विकास बैंक अगाडि रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here