काठमाडौं । राष्ट्र बैंकले व्यक्तिगत सेयर धितो कर्जाको सीमा बढाएकाे छ। गभर्नर डा. विश्वनाथ पौडेलले शुक्रबार आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यसप्रकारको कर्जाको सीमा बढाएकाे हाे।
बैंक तथा वित्तीय संस्थाबाट सेयरधितोमा प्रवाह गरिने मार्जिन प्रकृतिको विद्यमान एक ग्राहक कर्जा सीमा १५ करोडबाट बढाएर २५ करोड पुऱ्याएकाे उनले बताए।
यस्तै, पहिलो घर निर्माण गर्दा ८० प्रतिशतसम्म कर्जा दिने व्यवस्था पनि मौद्रिक नीतिमा गरिएको छ।
यस्ताे छ मौद्रिक नीतिको पूर्णपाठ






















