स्पेनमा मान्छे छाडेर आयो भन्ने प्रचार झुटाे र घटिया

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही विरोधी र अराजक तत्वले अरू कुरा नपाएर स्पेनमा मान्छे छाडेर आयो भनेर झुट र घटिया प्रचार गरेको बताएका छन्। आफ्नो स्पेन भ्रमण सफल भएको पक्षलाई ओझेल पार्ने गरी घटिया प्रचार गरेको भन्दै यस्ता कुराहरूको जबाफ दिन आवश्यक नभएको बताएका हुन्।

झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति आयोजनाको आज उद्घाटन गर्दै उनले झुट र घटिया प्रचार गरेकाेमा आक्रोश व्यक्त गरे ।

विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको सो सडक नेपालभरका १७ सडकमध्ये छानिएको एक हो । रु ४४ करोड २४ लाख लागतमा निर्माण भएको हाे। ४.८६ किमी सो सडक समयमै सम्पन्न भएको नमूना आयोजना मानिन्छ। साे अवसरमा प्रधानमन्त्री ओलीले मेची महाकालीसम्म थालेका काम सक्ने अभियानमा सरकार रहेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here