काठमाडौं । आइतबार सेयर बजार २९ अंक बढेको छ । आज कारोबार रकम पनि उल्लेख्य बढेको छ। अघिल्लो दिन ९ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ११ अर्ब ४१ करोडको विक्री भएको छ। आज १५८ कम्पनीको मूल्य बढ्दा ९० को घटेकाे छ। बैंकिङ र माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै बढेका छन् । माइक्रोफाइनान्स ३.५० र बैंकिङ ३.३७ प्रतिशत बढेकाे छ ।
माइक्रोफाइनान्स कम्पनीलाई लाभांश वितरणमा लगाइएको १५ प्रतिशतको सीमामा पुनरावलोकन गर्नेगरी मौद्रिक नीतिले सम्बोधन गरेपछि माइक्रोफाइनान्स कम्पनि सबैभन्दा धेरै बढेकाे छ। त्यस्तै बैंकको आधार दर गणनालाई यथार्थपरक बनाउने भएपछि बैंकिङ समूहलाई बढाउन मद्दत पुग्यो ।
विकास बैंक १.४७, फाइनान्स १.८७, होटल तथा पर्यटन ०.४८, जीवन बीमा ०.०२, उत्पादन तथा प्रशोधन ०.३१ प्रतिशत बढेकाे छ। हाइड्रोपावर ०.८३, लगानी ०.०८, निर्जीवन बीमा ०.३४, अन्य ०.२७ तथा व्यापार ०.२६ प्रतिशत घटेका छन् ।
आज एनआईसी एसिया बैंक र खानीखोला हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेकाे छ। जीवन विकास लघुवित्तको ९.६१, नेस्डो समृद्धि लघुवित्तको ७.३०, समाज लघुवित्तको ६.५० प्रतिशत मूल्य बढेकाे
छ। आज हिमालयन हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घटेकाे छ।
आज धेरै कारोबार भएका कम्पनीमा एनआईसी एसिया बैंक, बुटवल पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, सानिमा बैंक र सीईडीबी होल्डिङ्स छन् ।























