विश्वकै लागि टाउको दुखाईको विषय बन्दै क्यान्सर,यी खानेकुरावाट जोगिनुहोस् !

एजेन्सी । पछिल्लो समय रोग नेपालमात्रै नभईकन विश्वकै लागि टाउको दुखाईको विषय बनेको छ ।

क्यान्सरले संसारभर बर्षेनी लाखौँ मानिहरुको ज्यान जाने गरेको अध्ययनले देखाएको छ । विश्वको तुलनामा क्यान्सर मुटुरोगपछि मानिसहरुको मृत्युु हुने दोस्रो कारण बनेको छ ।

हाम्रै कतिपय अस्वस्थ बानी व्यहोराका कारणले पनि क्यान्सर निम्तिने गर्छ । दूषित पर्यावरण र खानपान लगायत कारणले क्यान्सर रोगीको संख्या बढ्न थालेको छ ।

क्यान्सरको जोखिम कम गर्न स्वस्थ बानी व्यवहार अपनाउनुका साथै यी खानेकुुराहरु खान सकिन्छ ।

बजारमा पाइने सोडायुक्त पेय पदार्थले क्यान्सरको जोखिम बढाउने छ । यसमा प्रयोग गरिएको ४–एमईआई रसायनको प्रयोग गरी पेय पदार्थलाई एक रङ प्रदान गरिन्छ । यो क्यान्सरको कारक मानिन्छ ।

क्यान्सर खानासँग प्रत्यक्ष सम्बन्धित छन्। प्रशोधित मासु क्यान्सरको प्रमुख कारक मध्ये एक हो। धुवामा पोलेको सेकुवा खानेहरुमा सेकुवामा हुने बेन्जो ए पाइरिन नामक क्यान्स गराउने रसायन तथा फ्रि रेडिकलका कारण क्यान्सर हुन सक्दछ।

विषदीको अवशेष बढी भएका खानेकुरा खानेहरुमा पनि विषादीको प्रकृति र मात्रा अनुसार विभिन्न खालका क्यान्सरको जोखिम उच्च हुन्छ।

जाँडरक्सी बढी खानाले मुख, घाँटी र कलेजोको क्यान्सर लाग्ने खतरा बढी हुन्छ। ढुसी परेको वा मायकोटक्सिन भएको खानाले क्यान्सर गराउन सक्दछ।

अखाद्य रङ राखिएका र प्रिजरभेटिभ हालेका, बट्टा बन्दि गरिएका अचार, डढेको मासुजस्ताकतिपय खानेकुराको क्यान्सर गराउनमा ठूलो भूमिका हुन्छ।
चिया, कफी बनाउन वा अन्य कुनै प्रयोजनका लागि राखिने कृत्रिम चिनी पनि क्यान्सरको कारक हो ।

अध्ययनले यस किसिमको उत्पादन निकै हानिकारक हुनसक्ने देखाइसकेको छ ।

क्यान्सर हुने प्रमुख कारणहरु

विश्व स्वास्थ्य संगठनका अनुसार क्यान्सर गराउने मुख्य कारणहरुमा धुम्रपान, मद्यपान, अस्वस्थ खानपान, मोटोपना, शारीरिक रुपमा निष्क्रिय हुनु, संक्रमण, वातावरणीय प्रदुषण, विकिरणहरु, कार्सिनोजेनहरु सँगको सम्पर्क, विषादी आदि प्रमुख हुन।

क्यान्सर गराउने धेरैजसो कारणहरु खानपान र जीवनशैलीसँगैसम्बन्धित छन।

जोखिम कम गर्न खानुहोस् यी खानेकुरा

हामी साना साना सजिलै कम गर्न सकिने कारण देखि अन्जानमा भएका गल्ति तथा वातावरणीय प्रभावका कारण क्यान्सरको शिकार भइरहेका हुन्छौं।

स्वस्थ, स्वच्छ र सन्तुलित भोजन मात्रै खाने, शारीरिक व्यायाम गर्ने, धुम्रपान तथा मद्यपान नगर्ने गरेमा क्यान्सरको जोखिमलाई ६० देखि ७० प्रतिशतसम्म कम गर्न सकिने विभिन्न अनुसन्धानले बताएका छन्।

साना फलफूल
फाइट्रोन्युट्रियन्ट्स तत्व भएका फलफूलको सेवनले क्यान्सरको जोखिम कम गर्ने विभिन्न अध्ययनले देखाएका छन् । स्ट्रबेरी, किम्बु, काफलजस्ता मसिना आकारका फलफूलमा क्यान्सरविरुद्ध लड्ने फाइट्रोन्युट्रियन्ट्स तत्व प्रशस्त पाइन्छ ।

यो तत्वले शरीरका अंग विशेषमा क्यान्सरका कोषिकाहरूको विकास र विस्तारलाई रोक्ने काम गर्छ । यस्ता फलफूल खाइरहनाले आमाशय, मुख र छालाको क्यान्सर लाग्ने सम्भावना कम हुन्छ ।

सिमी
सिमीजस्ता गेडागुडीको सेवनले स्तन र पाठेघरसम्बन्धी क्यान्सरको जोखिम कम हुन्छ । यसले शरीरमा फ्याट्टी एसिडको उत्पादन बढाउँछ, जसले मानिसलाई क्यान्सर रोगबाट बचाउँछ ।

ओखर
ओखरमा पाइने फाइटोस्टेरोल्स नामक तत्वले स्तन क्यान्सर गराउने कोषिकाको विकास अवरुद्ध गरिदिन्छ । ओखरले प्रोस्टेट क्यान्सर लाग्ने जोखिम पनि घटाउँछ ।

गोलभेँडा
गोलभेँडा फोक्सो, प्रोस्टेट र पेटको क्यान्सरको जोखिम न्युुनीकरण गर्न निकै फाइदाजनक छ । गोलभेँडालाई रातो बनाउने क्यारोटेनोइड नामक तत्वले क्यान्सरको जोखिमलाई पनि कम गर्छ । सो तत्वले गर्भाशयमा हुने क्यान्सरका कोषिकाहरूको विकासलाई रोकिदिन्छ ।

लसुन
लसुनमा पाइने फाइटो केमिकलले स्तन र पेटको क्यान्सर लाग्ने सम्भावना कम गराउँछ । बढी लसुन खाने महिलालाई पाठेघरसम्बन्धी क्यान्सर हुने जोखिम कम लसुन खाने महिलाको भन्दा ५० प्रतिशत कम हुने पत्ता लगाएको थियो ।

सलाद
सलाद खाँदा गाढा हरियो रङका तरकारीको सलाद खानु क्यान्सरको जोखिम हटाउने दृष्टिकोणले बढी लाभदायक हुन्छ । गाढा हरियो तरकारीमा क्लोरोफिलको मात्रा बढी हुन्छ र यस्ता तरकारी खाँदा शरीरमा म्याग्नेसियमको आपूर्ति बढ्न जान्छ ।

म्याग्नेसियमले क्यान्सरका जीवाणुलाई कमजोर पार्ने र नयाँ स्वस्थ कोषिकाको विकासका लागि अनुकूल वातावरण बनाउने गर्छ ।

ब्रोकाउली
ब्रोकाउली खाइरहने गर्नाले स्तन, कलेजो, फोक्सो, प्रोस्टेट, छाला, पेट लगायतका क्यान्सर हुने जोखिम कम हुन्छ । काउली परिवारका सबै तरकारीमा क्यान्सरनिरोधी गुण बढी पाइने गरे पनि ब्रोकाउलीमा यसको मात्रा सबैभन्दा उच्च हुन्छ ।

ब्रोकाउलीमा सल्फोराफेनको मात्रा अधिक हुन्छ, जसले क्यान्सर लगाउने, ट्युमर बढाउने शरीरभित्रका रसायनलाई निस्तेज गर्ने गर्छ ।