काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकाे बाेलावटमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार बालुवाटार पुगेका छन् ।
घुसकाण्डमा विवादित बनेका मन्त्री गुप्तासँग छलफलका लागि प्रधानमन्त्री ओलीले बोलाएका हुन् । गुप्ताले भूमि आयोग बनाउन विचौलियासँग गरेको संवाद बाहिरिएपछि विवादमा तानिएका छन्।
कास्कीस्थित मालपोत कार्यालयका प्रमुखको सरुवा रोक्न ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख मागेको घुस संवाद बाहिरिएको थियो ।


























