बिमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बनमा परेका छन् । सरकारले उनी विरुद्ध छानविन समिति बनाएपछि ओझा निलम्बनमा परेका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले उच्च अदालतका पूर्व न्यायधिश कृष्ण गिरीको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति बनाएको हो । समितिका सदस्यहरुमा कपिल वली र जीवन प्रकाश सिटौला छन् ।
ओझा १२ फागुन २०८१ को मन्त्रिपरिषद् बैठकबाट ४ वर्षका लागि प्राधिकरणको अध्यक्षमा नियुक्त भएका हुन् ।
बिमा ऐनको व्यवस्थाअनुसार सरकारले छानबिन समिति गठन गरेपछि छानविनको अवधिभर अध्यक्ष ओझा स्वतहः निलम्बनमा परेका हुन् ऐनमा छानबिन समिति गठन भएपछि छानबिनको अवधि समाप्त नभएसम्मका त्यस्तो व्यक्ति स्वतः निलम्बन हुने व्यवस्था छ ।
समितिको कार्यकाल गठन भएको मितिले बढिमा तीन महिनाको हुने व्यवस्था ऐनमा छ । प्राधिकरणको अध्यक्षमा नियुक्त भएदेखि नै ओझाको योग्यतामाथि प्रश्न उठ्दै आएको छ ।




















