काठमाडौं । बुधबार सुनको भाउ तोलामा १३ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ९२ हजार रुपैयाँ निर्धारण गरेको हाे । अघिल्लो दिन १ लाख ९३ हजार ३ सय रुपैयाँमा काराेबार भएको थियो ।
त्यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको २२७५ रुपैयाँमा कारोबार भएको चाँदी आज २२६० रुपैयाँमा झरेको छ । यसअघि गत सोमबार चाँदीको भाउ हालसम्मकै उच्च प्रतितोला २३१५ रुपैयाँ पुगेको थियो ।




















