मधेसका विभिन्न स्थानमा वारुणयन्त्रबाट पानी आपूर्ति गरिने

काठमाडौं । वीरगञ्जलगायत मधेसका विभिन्न स्थानमा उत्पन्न खानेपानीको संकट बढेपछि वारुणयन्त्रबाट पानी आपूर्ति गरिने भएको छ। मधेस प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले यस्ताे निर्णय गरेको हाे ।

प्रदेश सरकारले पाँच हजार लिटर क्षमताका आठ वटा वारुणयन्त्र आज वीरगञ्ज पठाएको छ ।

खानेपानीको समस्या भएका स्थानमा वारुणयन्त्र चाबीसै घण्टा परिचालित गरिने बताइएकाे छ। वारुणयन्त्रको व्यवस्थापन र पानी आपूर्ति नेपाली सेनाले गर्ने छ। साथै आफूसँग भएका सातवटा ट्याङ्करबाट पनि पानी आपूर्ति गर्ने तयारी गरेको जनाइएको छ । यसअघि वन विभागले तीनवटा ट्याङ्करमार्फत सुक्खाग्रस्त क्षेत्रमा खानेपानी आपूर्ति गरेकाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here