दोलालघाटमा सतर्कता अपनाउन आग्रह गर्दै माइकिङ

काठमाडौं । तिब्बतमा भारी वर्षा भइरहेकाेले भोटेकोशी नदीमा बाढी आउन सक्ने भन्दै काभ्रे प्रहरीले सतर्कता अपनाउन आग्रह गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले सिन्धुपाल्चोकको भोटेकोशी नदी मिसिने सुनकोशी नदीको तटीय क्षेत्र पर्ने दोलालघाटमा सतर्कता अपनाउन आग्रह गर्दै माइकिङ गरेको हो ।

अहिले भोटेकोशीको उपल्लो मुहानमा पानीको बहाव उच्च दरमा वृद्धि भएको छ। साथै निरन्तर वर्षा भइरहेकाले बाढी आउन सक्ने पूर्वानुमान अनुसार सतर्कता अपनाउन नदी आसपासका तटीय क्षेत्रका स्थानीयलाई प्रहरीको आग्रह छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here