पाकिस्तानमा भीषण वर्षापछि चौबीस घन्टाभित्र ६३ जनाको गयाे ज्यान

काठमाडौं । पाकिस्तानमा भीषण वर्षापछि चौबीस घन्टाभित्र ६३ जनाको ज्यान गएको छ।

पञ्जाब प्रान्तमा बुधबार बिहानदेखि परेको मुसलधारे वर्षाका कारण बिपत्तीमा परी बिहीबारसम्म ६३ जनाको मृत्यु भएको पाकिस्तानको राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणले अधिकांश मानिसहरू घर भत्किँदा थिचिएर मारिएका छन् भने केहि मानिसहरूको डुबेर र करेन्ट लागेर पनि मृत्यु भएको छ। विपदका घटनामा परी २९० जना घाइते भएको बिबिसीले जनाएको छ।

रावलपिण्डीमा मानिसहरू सुरक्षित रहून् भनेर बिहीबार सार्वजनिक बिदा समेत दिनुका साथै सहरभित्रको नदी खतरा तहमा पुगेपछि किनाराका बासिन्दालाई दिउँसै सुरक्षित स्थानमा सारिएको थियो।

पाकिस्तानभर मनसुन सुरु भएको जुन अन्त्यदेखि अहिलेसम्म झण्डै १८० जनाको मृत्यु भइसकेको छ, जसमा अधिकांश बालबालिका छन्।
पञ्जाबकी मुख्यमन्त्री मरियम नवाजले प्रान्तभरि आपतकाल घोषणा गरेकी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here