काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनकाे भाउ प्रतितोला १ लाख ९२ हजार ५ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन १ लाख ९२ हजार ३ सय थियो । यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो ।
शुक्रबार चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २२६५ रुपैयाँ रहेको चाँदी २२८० रुपैयाँ कायम भएको छ । असार ३० गते चाँदीको भाउ हालसम्मकै उच्च २३१५ रुपैयाँ पुगेको थियो ।





















