काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले १० वर्षभित्र समाजवाद निर्माण गरेर यूरोपका मुलुकको अवस्थामा पुग्ने बताएका छन् ।
एकीकृत समाजवादीसँग समाहित हुन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनल यस्ताे बताएका हुन्। गौतमले नेपालीहरू मागेर नभइ संसारलाई पाल्नसक्ने अवस्थामा पुग्ने दाबी गरे ।
उनले भने ‘लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समाजवाद निर्माण गर्ने चरणमा भएकोमा १० वर्षमा हामी यूरोपियन मुलुकको अवस्थामा पुग्नेछौं । हामी मागेर खाने अवस्थामा होइन कि अरुलाई दिने अवस्थामा पुग्नेछौं,’ गौतमले भने, ‘हामी संसारका मगन्ते होइनौं, संसारलाई पाल्नसक्ने अवस्थामा पुग्नेछौं ।’
साथै उनले आफू ४ वर्ष अघि नै एकीकृत समाजवादीमा आएको भए अहिलेसम्म समाजवाद सुरु भइसक्ने जिकिर पनि गरे ।
‘अब म लागेपछि समाजवाद सुरु हुन्छ । म एक्लै होइन, तपाईंहरूसँगै लाग्ने हो । एकपटक पार्टीले निर्णय गरेपछि हुन्छ,’ उनले भने।



























