पछाडि हिँड्ने बानीले बढाउँछ बौद्धिक क्षमता

काठमाडौं । तपाँईलाई थाहा छ,पछाडि हिँड्ने बानीले तपाईंको शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक असर पार्न सक्छ। विशेषज्ञहरूका अनुसार पछाडि हिँड्नु केवल एक अनौठो व्यायाम मात्र होइन, यसले विभिन्न शारीरिक लाभ समेत प्रदान गर्दछ।

यस्ता छन् फाइदाहरु

* सन्तुलन र समन्वय सुधार : पछाडि हिँड्दा शरीरको सन्तुलन र समन्वयलाई चुनौती दिइन्छ, जसले प्रोप्रियोसेप्शन — अर्थात् शरीरको स्थानबारेको चेतनालाई सुदृढ बनाउँछ।

* कम प्रयोग भएका मांसपेशी सक्रिय हुन्छन् :यो अभ्यासले प्रायः कम सक्रिय रहने मांसपेशीहरूलाई संलग्न गराउँछ, जसले मानिसकाे समग्र बल र ताकतमा वृद्धि ल्याउँछ।

* अधिक क्यालोरी बर्न गर्छ :पछाडि हिँड्दा अगाडि हिँड्नुभन्दा बढी ऊर्जा खर्च हुन्छ, जसले तौल नियन्त्रणमा पनि मद्दत गर्न सक्छ।

* ज्वाइन्टमा कम असर: यो चलनले घुँडा र खुट्टाका जोर्नीमा कम दबाव पार्ने भएकाले जोर्नीसम्बन्धी समस्याबाट पीडित व्यक्तिका लागि उपयोगी हुन सक्छ।

* मस्तिष्कको सक्रियता बढाउँछ: असामान्य गति ढाँचाले मस्तिष्कलाई नयाँ तरिकाले सोच्न बाध्य बनाउँछ, जसले संज्ञानात्मक कार्यक्षमता सुधार गर्न सक्दछ।

* स्वास्थ्य विशेषज्ञहरूले पछाडि हिँड्ने बानीलाई दैनिक जीवनमा समावेश गर्न सल्लाह दिएका छन्। केही मिनेट यो अभ्यास गर्नाले दिन भरिको उर्जा र स्फूर्ति कायम राख्न सहयोगी हुने उनीहरूको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here