मुग्लिन नारायणगढ सडकमा गुडिरहेको कारमाथि ढुंगा खस्दा ३ जना घाइते

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डस्थित तुईन खोला पुल नजिकै गुडिरहेको कारमाथि ढुंगा खस्दा तीन जना घाइते भएका छन् ।

उक्त सडकखण्डमा गुडिरहेको भारतीय कारमा एक्कासी ढुंगा खसेर लागेको थियो । कारमा पाँच जना सवार भएकोमा कारको पछाडि बसेका तीन जना गम्भीर घाइते भएका हुन् । उनीहरूलाई अहिले अस्पताल पठाइएको छ ।

दुर्घटनालगत्तै प्रहरी अहिले घटनास्थलतर्फ लागेको स्थनीयले जानकारी दिए । ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here