आज साउनको पहिलो सोमबार, देशभरका शिव मन्दिरमा श्रद्धालुको भीड

काठमाडौं । आज यो वर्षको पहिलाे साउउने सोमबारका दिन पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको बिहानैदेखि भीड लागेको छ । साउनको सोमबार भगवान शिव भक्तहरुले व्रत बस्ने, पूजापाठ, दानलगायत कार्य गर्छन् ।

साउने सोमबारको दिन शिवको पूजा गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास छ । साउनकाे साेमबार काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको शिरेश्वर र कलानेश्वर र तनहुँको संगमस्थल देवघाटधाममा भक्तजनकाे भिड लाग्ने गर्छ । बोलबम तीर्थालुहरुले काठमाडौंको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर पूजापाठ गर्ने गर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here