काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ ९साफ० यू-२० महिला च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्दैछ।
बंगलादेशको ढाकास्थित किङ्स एरेनामा सोमबार नेपाली समयअनुसार साँझ ६ ३० मा नेपाल र बंगलादेश उपाधिका लागि भिड्दै छन्।
खेलमा नेपालका लागि विजेता हुन आजको जीत आवश्यक छ । यसअघि नेपालले भुटानलाई पहिलो खेलमा ६-१ र दोस्रो खेलमा ८-० गोलले हराएको थियो। यस्तै नेपालले श्रीलंकालाई दुवै खेलमा ७-० गोलले हराएको थियो।
बंगलादेशविरूद्ध नेपाल ३-२ गोलले पराजित भएको थियो। नेपालले पाँचमध्ये चार खेलमा जित निकाल्दा बंगलादेश भने पाँचै खेलमा विजयी भएको छ। नेपाल गोलअन्तरमा ६ गोलले अघि छ। त्यसैले नेपालका लागि उपाधि जित्न खेलमा जित नै चाहिने हुन्छ।

























