काठमाडौं । घुस प्रकरणमा मुछिएपछी राजीनामा दिएका निवर्तमानमन्त्री राजकुमार गुप्तासँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार पनि सोधपुछ थालेको छ ।
अनुसन्धान अधिकृतको टोलीले घुस अडियोबारे गुप्तासँग सोधपुछ गर्न थालेको हो। अख्तियारले उनको अडियोको नमुना परीक्षण गर्ने योजना बनाएको छ ।
गतसाता कास्कीका प्रमुख मालपोत अधिकृतको सरुवावारे विचौलिया भनिएका एक व्यक्ति र मन्त्री गुप्ता विचको संवाद बाहिरिको थियो । सो अडियो बाहिरिएपछी चौतर्फी दवावमा उनले राजिनामा दिएका थिए ।





















