अदानी समूहका प्रियदर्शीलाई नेपालको ऊर्जा र पूर्वाधारमा लगानी गर्न निक्कीको आग्रह

`
काठमाडौं, ७ साउन । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) ले भारतको अदानी समूहका अन्तराष्ट्रिय सम्बन्ध प्रमुख शिशिर प्रियदर्शीलाई नेपालको ऊर्जा र पूर्वाधार क्षेत्रमा लगानीका सम्भावनाहरू खोज्न आग्रह गरेको छ । प्रियदर्शी काठमाडौं भ्रमणमा आएका बेलामा संघले यस्तो आग्रह गरेको मंगलबार राती एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

भ्रमणको क्रममा, संघले प्रियदर्र्शी र नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काबीच भेटघाटको व्यवस्था गरेको पनि बताएको छ । मन्त्री खड्काले पनि भारतको प्रमुख औद्योगिक समूहमध्ये एक रहेको अदानी समूहलाई नेपालको जलविद्युत तथा पूर्वाधार परियोजनामा लगानी गर्न आग्रह गरे । उनले नेपालका यी क्षेत्रहरूमा रहेको अपार सम्भावनालाई जोड दिंदै लगानीका लागि अनुरोध गरे ।

भेटघाटको क्रममा प्रियदर्शीले उर्जा मन्त्री खड्का तथा नेपालका निजी क्षेत्रका प्रतिनिधिहरूसंगको छलफलमा, भारतको निजी क्षेत्रका अन्य प्रतिनिधिहरुलाई पनि नेपालको जलविद्युत तथा पूर्वाधार क्षेत्रमा लगानी गर्न सक्रियतापूर्वक आमन्त्रण गरी अग्रसर हुनुपर्ने सुझाव दिए । उनले यस्ता साझेदारीहरूले नेपालको ऊर्जा सम्भावनाको भरपूर उपयोग गर्न सहयोग गर्ने उल्लेख गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here