प्रचण्डले भने ‘नेतालाई गाली गर्ने प्रवृत्ति फेसन जस्तो बनेकाे छ’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतालाई गाली गर्ने प्रवृत्ति फेसन जस्तो भएको बताएका छन् ।

बुधबार काठमाडौंमा एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले कुनै इतिहास र त्याग नभएका मानिसहरूले लामो पृष्ठभूमिबाट आएकाहरूलाई गाली गर्ने गरेको बताए।

‘गालि त आजभोलि एउटा फेसनजस्तो भएको छ, उनले भने लामो साधना, धेरै अध्ययन चिन्तन मनन, दर्शन, विचार, सिद्धान्त, विचार, राजनीति र संस्कृतिका विविध विषयमा गहिरो अध्ययन र ज्ञानको बलबाट आन्दोलन सृष्टि गर्ने र एउटा युगान्तकारी परिवर्तन देशमा ल्याउने पार्टी र नेताहरूलाई गाली गर्ने संस्कृति बढेको छ,’ उनले भने ।

उनले साे अवसरमा निराशावाद र असन्तुष्टि फैल्याउनेलाई देशको सही इतिहास पढाउन पुस्तकको भूमिका हुने उल्लेख गरे । ‘पुस्तकले निराशावादको व्यापार गर्ने, असन्तुष्टिको बजार फैलाउने, देशभक्ति होइन देश छोड्ने पलायनको प्रवृत्तिलाई प्रोत्साहित गर्ने ती सबै प्रवृत्तिहरूलाई त्यसका विरुद्ध प्रतिवाद गर्नका लागि एउटा राम्रो हतियार पुस्तक हुन्छन्,’ उनले भने ।

उनले देशमा सबैले समान आत्मसम्मान पाउनुपर्ने बताए । ‘जुन पार्टीको प्रतिनिधित्व गरेर भए पनि महिला आउँदा मलाई गर्व लाग्छ । माओवादीले विद्रोह नगरेको भए यो अवस्था आउँदैनथ्यो,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here