‘विद्या भण्डारीको सदस्यता नवीकरण हुदैन’ : विष्णु पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री तथा नेकपा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पुर्व रास्ट्रपति बिद्या भण्डारीकाे सदस्यता नविकरण नहुने बताएका छन् । उनले सिंगो देशको संरक्षण गर्ने अभिभारासहित राष्ट्रपति भइसकेको व्यक्ति कुनै राजनीतिक दलमा सम्बद्ध हुन नहुने बताएका छन् ।

नेकपा एमाले रुपन्देहीको आयोजनामा भएको एक कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

राष्ट्रपति गणतन्त्रको शान भएको र राष्ट्र प्रमुख भइसकेको व्यक्ति कुनै राजनीतिक दलमा आवद्ध हुनु नहुने निष्कर्षसहित एमालेले निर्णय गरेको जानकारी उनले दिए।

‘राष्ट्रपति राष्ट्र प्रमुख हो । राष्ट्र प्रमुख भएर कुनै एउटा पार्टी विशेषमा, हिजो उपाध्यक्ष हुँदा एमालेको उपाध्यक्ष हुनुहुन्थ्यो, तर जब उहाँ राष्ट्रप्रमुख हुनुभयो,’ उनले भने, ‘एमालेको मात्र होइन सिंगो राष्ट्रको राष्ट्रप्रमुखकाे अभिभारा वहन गरेर सेवानिवृत्त भएको पूर्वराष्ट्रपति राजनीतिमा आउने कुरा उचित हुँदैन ।’

उनले पार्टी सदस्यता नविकरण हुन नसक्ने पनि स्पष्ट पारे । ‘त्यसकारण उहाँले सिंगो राष्ट्रकै अभिभावकको भूमिकामा रहनुपर्छ । उनले पार्टी सदस्यता नवीकरण हुन सक्दैन, गर्न उचित पनि हुँदैन,’ पौडेलले भने ।

७० वर्षे उमेरहद राख्न जरुरी नरहेको पनि उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here