काठमाडौं । बाजुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हिमाली गाउँपालिका ५ को क्युडीको कुवाडी सडक खण्डमा बाप्र०३००१ ज ०३३८ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा हिमाली गाउँपालिका-५ कै सुन्नीबाडा बस्ने ७५ वर्षीय बाजा रोकाया र ७५ वर्षकै निजोरा रोकाको मृत्यु भएको हो ।
जिप सडकबाट २५० मिटर खसेको छ ।
























