साउन, ९ काठमाडौं । सिजि मोटर्सले गील्य अटाे ग्रुपसँगको सहकार्यमा नेपालको नम्बर १ इलेक्ट्रिक पिकअप रिडारा आरडिसिक्सका लागि नयाँ आकर्षक अफर सार्वजनिक गरेको छ।
अफर अन्तर्गत ग्राहकहरूले मात्र रु. ९.९९ लाख डाउन पेमेन्टमै यो अत्याधुनिक इभि पिकअप आफ्नो बनाउन सक्नेछन्। यस अफरमार्फत, सीजी मोटर्सले विद्युतीय मोबिलिटीलाई अझै पहुँचयोग्य, विश्वासिलो, र सुविधा सम्पन्न बनाउने उद्देश्यलाई थप मजबुत बनाएको कम्पनिले जनाएको छ।
रिडारा आरडिसिक्स टुडब्लुडिमा ६३ केडब्लुएच क्षमताको ब्याट्री, २०० केडब्लु पावर, र ३८५ एनएम टर्क दिने सिंगल इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले ३७७ किमीको ड्राइभिङ रेन्ज प्रदान गर्छ।गील्य को प्लेटफर्ममा आधारित यो पिकअपमा इन्डिपेन्डेन्ट सस्पेन्सन जडान गरिएको छ, जसले नेपाली सडकमा अझै आरामदायी र स्थिर यात्रा सुनिश्चित गर्छ।
यसमा १२०० लिटर क्षमताको कार्गो बेड, ७० लिटरको फ्रन्ट ट्रंक, र भिटुएल (भइकल टु राेड) प्रविधि जडान गरिएको छ, जसले गाडीमार्फत बाह्य उपकरण चार्ज गर्न सकिने सुविधा दिन्छ। साथै, कम्फर्ट इकाेनाेमि, अल राेड जस्ता ३ ड्राइभ मोड, ३६० डिग्री क्यामेरा, म्याट्रिक्स एलइडिल हेडलाइट, र ६६% हाई स्ट्रेन्थ स्टीलले बनेको मजबुत बडी यो गाडीका थप विशेषता हुन्।
यस विशेष योजनाअन्तर्गत ग्राहकहरूले आकर्षक क्यासब्याक अफर,
निःशुल्क एसेसोरीहरू,रु. ३ लाखसम्मको एक्सचेन्ज टप-अप बोनस पाउनेछन्।
सुलभ चार्जिङ र सेवाका लागि:
सिजि मोटर्सले २६०+ चार्जिङ स्टेसनहरू र २०+ सेवा केन्द्रहरू नेपालको विभिन्न भू-भागमा संचालनमा ल्याएको छ, जसले रिडारा आरडिसिक्स मालिकहरूलाई जहाँ भए पनि सुविधा र पहुँच सुनिश्चित गर्छ।
चीनका अग्रणी अटोमोबाइल कम्पनीमध्ये एक गिल्यद्वारा निर्माण गरिएको रिडारा आरडिसिक्स अहिले चीनमै इभि पिकअप सेग्मेन्टको अगुवा ब्रान्डको रूपमा स्थापित भइसकेको छ। अब नेपालमा पनि व्यक्तिगत तथा व्यवसायिक प्रयोगका लागि यो एक स्मार्ट, टिकाउ, र भविष्यमुखी विकल्प बनेको कम्पनिले जानकारी दिएकाे छ।


















