कम्बोडिया र थाइल्याण्ड युद्धविराम गर्न सहमत

काठमाडौं । कम्बोडिया र थाइल्याण्ड युद्धविराम गर्न सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसबारे जानकारी दिएका छन् ।

कम्बोडियाका प्रधानमन्त्री हुन सेनले अमेरिकाले राखेको युद्धविरामको प्रस्तावको स्वागत गरेको बताएका थिए । प्रधानमन्त्री हुन सेनले कम्बोडियाका विदेशमन्त्रीले अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले युद्धविरामबारे कुरा गर्ने बताएका थिए ।

कम्बोडिया र थाइल्याण्डबीच सीमा विवादका कारण तनाव बढेपछी कम्बोडियाले थाइल्याण्डमाथि हवाई हमला गरेको थियो । दुईपक्षीय लडाइँमा कम्तिमा ३० जनाभन्दा बढीको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here