काठमाडौं । सुख्खा पहिरोले अवरुद्ध बेनी–जोमसोम सडक सूचारु भएको छ । म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा रहेको घोप्टेभिरमा खसेको सुक्खा पहिरोका कारण आज बिहानदेखि आवतजावत अवरुद्ध भएको थियो ।
जिल्लाको उत्तरी क्षेत्र हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने सडकमा पहिरो खसेपछि अवरुद्ध बनेको सडक खुलाउन सडक विभागको उपकरण परिचालन गरिएको हो ।
प्रतिकूल मौसमका कारण पोखरा–जोमसोम हवाई सेवा बन्द भएको अवस्थामा सडक अवरुद्ध हुँदा स्थानीयका साथै मुस्ताङ घुम्न जाने र फर्कने पर्यटक प्रभावित भएका छन् ।




















