भारतको हरिद्वारस्थित मनसादेवी मन्दिरमा भएको भागदौडमा ६ जनाको मृत्यु

काठमाडौ । भारतको उत्तराखण्डको हरिद्वारस्थित मनसादेवी मन्दिरमा आइतबार भएको भागदौडमा ६ जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार भागदौडमा अन्य धेरै घाइते भएका छन् । उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले सामाजिक सञ्जाल ट्विटरमार्फत उक्त घटनाप्रति दुःख व्यक्तगर्र्दै न्यायिक छानबिन गर्न निर्देशन दिएका छन् ।

उत्तराखण्ड सरकारले भागदौडमा परी ज्यान गुमाएका मृतकका परिवारलाई २ लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ । साथै घाइतेहरूलाई ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरिएको छ ।

करेन्ट वा बिजुलीको तारसम्बन्धी अफवाह फैलिए पछि भागदौड मच्चिएको भन्ने कारण बाहिर आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here