भेरी नदी खतराको सतह नजिक पुग्यो,सतर्क रहन आग्रह

काठमाडौं । भेरी नदीमा पानीको सतह बढेपछि जिल्ला प्रशासन कार्यालय जाजरकोटले सर्तक रहन आग्रह गरेको छ ।

भेरी नगरपालिकाको भेरी रिम्जलमापन केन्द्रमा पानीको वहाब बढेको सूचना आएको प्राप्त भएपछि प्रशासनले तटीय क्षेत्रमा सतर्क रहन भनेको हो ।

जलसतह बढ्दो क्रममा भई खतरा तह आसपास रहेकाले नदी तटीय क्षेत्रमा रहनेहरुलाई सतर्क रहन आग्रह गरेको हो । नदीको किनारमा रहेका बस्तीका स्थानीयवासीलाई सर्तक रहन आग्रह गरिएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here