काठमाडौं । नारायणघाट–मुग्लिन सडकखण्डको चौधकिलोमा तेल बोक्ने ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार एक व्यक्तिको मृत्यु भएको छ।
सो मोटरसाइकलमा सवार अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार साँझ पौने ५ बजेतिर नारायणघाटबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदश २–०३–००१ ख १३६६ नम्बरको तेल ट्यांकरले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००२ प ३८२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा घाइते भएका भरतपुर–११ का ३३ वर्षीय सागर कुमालको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु हो । त्यस्तै भरतपुर–१४ घर भई हाल भरतपुर–२ क्षेत्रपुर बस्ने ४७ वर्षका कविराज विश्वकर्मा घाइते छन् । उनको चितवन मेडिकल कलेजमा उनको उपचार भइरहेको छ।
ट्यांकरका चालक तनहुँको बन्दिपुर–१ का ३५ वर्षीय प्रेमबहादुर थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

























