चीन सरकारले तीन वर्षभन्दा कम उमेरका बालबालिकाका अभिभावकलाई बार्षिक अनुदान दिने भएको छ । चीन सरकारले प्रति बच्चा वार्षिक ३६०० युआन अर्थात २ लाख ८ हजार अनुदान दिन सुरु गरेको छ। यो देशव्यापी नीति जन्मदर बढाउने प्रयासको पहिलो चरण हो।
चीनको जन्मदर बढाउने उद्देश्यसहित सरकारले यस्तो योजना अघि सारेको हो । योजना अन्तर्गत करिब २० लाख परिवारलाई बालबालिका पाल्न खर्चमा राहत पुर्याउने लक्ष्य
अभिभावकलाई प्रति बच्चा अधिकतम १०,८०० युआन दिइनेछ । यो नीति सन् २०२५ को सुरूवातदेखि नै लागु हुने बताइएको छ । सन् २०२२–२०२४ बीच जन्मिएका बालबालिकाका लागि आंशिक अनुदान दिइने छ । चीनको होहोत सहरले तीन बच्चा भएका परिवारलाई प्रति बच्चा १००,००० युआनसम्म अनुदान दिन थालेको छ
शेन्याङ सहरले तेस्रो बच्चा पालिरहेका परिवारलाई मासिक ५०० युआन दिइरहेको छ। त्यसैगरी बेइजिङले निशुल्क प्रीस्कूल शिक्षाका लागि योजना तयार गर्न स्थानीय सरकारलाई आग्रह गरिसकेको छ ।
चीनमा १७ वर्षसम्मको बालबालिका पाल्न औसत ४७५,७०० लाग्छ । सन् २०२४ मा ९.५४ मिलियन बच्चा जन्मिए, तर जनसंख्या तेस्रो पटक घट्यो
१.४ अर्ब जनसंख्या भएका देशमा बृद्ध जनसंख्या तीव्र रूपमा बढ्दैछ । जन्मदर घट्नु र जनसंख्याको वृद्धि चिनियाँ अर्थतन्त्रको दीर्घकालीन चुनौती बनेको छ





















