काठमाडौं । धनुषामा एक जना बालिकाको हत्या भएको छ। जनकपुरधाम उपमहानगरपालिका ४ जिरोमाइल भन्ने ठाउँमा बालिकाको हत्या भएको हो।
त्यस्तै बालिकाकी आमा र भतिजी नाता पर्ने घाइते अवस्थामा फेला परेका छन् । क्षिरेश्वरनाथ नगरपालिका ४ बटेश्वर घर भएकी १५ वर्षीया अञ्जलीकुमारी यादवको हत्या भएको हो।
उनकी ३५ वर्षीया आमा आशा र उनकी भतिजी अन्दाजी १४ वर्षीया राधा घाइते अवस्था फेला परेका थिए। उनीहरू तीनै जनालाई गए राति नै मधेस प्रदेश प्रादेशिक अस्पतालमा लगिएकोमा उपचारको क्रममा १२ बजेतिर चिकित्सकले अञ्जलीकुमारीलाई मृत घोषणा गरेका थिए।
राधा मिथिला नगरपालिका १ ढल्केवर बस्ने ढोगेन्द्र यादवकी छोरी हुन्। उनीहरू तीन जना जनकपुरधाम ४ जिरोमाइल भन्ने ठाउँबाट दुई किलोमिटर पूर्वमा रहेको सूर्यनन्द चौधरीको एक तले घरमा डेरा लिएर बसेका थिए।
क्षिरेश्वरनाथ नगरपालिका ९ इच्छापुरका ३५ वर्षीय रामबाबु साहले खुकुरी प्रहार गरेको आरोप लागेको छ। उनी हाल फरार छन्।





















