काठमाडौं । भेरी नदीको बीच भागमा फसेका चार जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
डोल्पाको ठूलोभेरी नगरपालिका–३ धुपीचौरस्थित भेरीमा फसेका त्रिपुरा सुन्दरी नगरपालिका–६ पालुङ बस्ने ३३ वर्षीय ललित बोहरा, २६ वर्षीय नन्दप्रसाद बोहरा, ३५ वर्षीय लालकुमार बुढा र ३७ वर्षीय श्यामलाल बोहराको सकुशल उद्धार गरिएको हो ।
उनीहरु मंगलबार बिहान दाउरा लिन गएका थिए । भेरी नदीको बहाव एक्कासि बढ्दा बीच भागमा फसेका थिए ।
उद्धारपछि उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल डोल्पामा पठाइएको छ ।























