काठमाडौं । मंगलबार सेयर बजार करिब ४ वर्षकै उच्च विन्दुमा पुगेको छ । साेमबार घटेकाे नेप्से परिसूचक ३०.७६ अंक बढेको छ ।
सो वृद्धिसँगै नेप्से ३००२.०७ अंकमा पुगेको छ ।
आज कुल ३ सय २१ कम्पनीका ४ करोड १८ लाख ८ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार रुपैयाँ पुगेको छ ।कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको हो । हिजो १९ अर्ब ३६ करोडको कारोबार भएको थियो ।
आज कारोबारमा आएकामध्ये १ सय ७६ कम्पनीको सेयरमूल्य उकालो लाग्दा ७४ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । आज सेयरमूल्य उकालो लागेका कम्पनीहरुमध्ये ४ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ । यस्तै आज कारोबारमा आएकामध्ये २ बाहेक सबै समुहको उपसुचक उकालो लागेका छन् ।

























