काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले तीन मन्त्री नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीहरुमा गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङ छन्। आन्तरिक मामिला तथा कानुनमा लम्साललाई जिम्मेवारी दिइएको भने माया श्रेष्ठ र गीता गुरूङको जिम्मेवारी भने तोकिन बाँकी छ ।
बागमतीमा कांग्रेसले सम्हालेका पाँच मन्त्रालय मन्त्री विहीन थिए । आन्तरिक मामिला तथा कानुन युवा तथा खेलकुद, संस्कृति तथा पर्यटन, खानेपानी, ऊर्जा तथा सिंचाइ र सहकारी तथा गरिवी निवारण मन्त्रालय नेतृत्वविहीन रहेकाे हाे।
























