विदेशमा ज्यान गुमाउने १४ सय नेपालीको शव ल्याइयो, २६ देखि ३० बर्षका बढी

प्रतिनिधी तस्विर

काठमाडौं । पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीमा ज्यान गुमाएका १ हजार ४०१ जनाको शव नेपाल ल्याइएको छ । गत आर्थिक वर्ष २०८१\०८२ मा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका नेपालीहरूको शव सम्बन्धित परिवारलाई बुझाइएको नेपाल प्रहरीले जानकारी दिएको हो । प्रहरीको तथ्यांक अनुसार सबैभन्दा बढी मृत्यु हुनेमा २६ देखि ३० वर्ष उमेर समूहका युवाहरू रहेका छन् । यस उमेर समूहका २३३ जनाको शव नेपाल ल्याएर परिवारलाई बुझाइएको छ ।

त्यस्तै २० वर्षभन्दा कम उमेरका २९ जनाको शव नेपाल ल्याइएको छ । २१ देखि २५ वर्षका १७२ जना, ३१ देखि ३५ वर्षका २२६ जना, र ३६ देखि ४० वर्षका २२५ जना छन् । ४१ देखि ४५ वर्षका २१५ जना, ४६ देखि ५० वर्षका ११७ जना, र ५१ देखि ५५ वर्षका ७१ ५६ देखि ६० वर्षका २४ जना, ६१ देखि ६५ वर्षका १२ जना छन् । त्यसैगरी ६६ देखि ७० वर्षका १२ जना र ७० वर्षभन्दा माथिको उमेर समूहका ६५ जनाको शव नेपाल ल्याएर परिवारलाई बुझाइएको हो ।

यो अवधिमा वैदेशिक रोजगार विभागले एक हजार ५१७ जना मृतक कामदारका परिवारलाई एक अर्ब २ करोड ३४ लाख रूपैयाँ आर्थिक सहायता प्रदान गरेको छ । वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका मृतकका परिवारलाई सरकारले १० लाख रूपैयाँ राहत दिँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here