घर भत्किँदा च्यापिएर एक बालकको मृत्यु

काठमाडौं । सर्लाहीमा दुई तल्ले घर भत्किँदा च्यापिएर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका कामद टोलका गौतम माझीका छोरा ६ वर्षीय अरुण माझी छन् ।

आज अपराहन्न साढे ४ बजेतिर बालक आँगनमा खेलिरहेका बेला पुरानो दुई तल्ले पक्कीघर भत्किएको हो ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बालकको घटनास्थलमै मृत्यु हाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here