पद्मश्री पुरस्कारको लागि छनोट कृतिको संक्षिप्त सूची सार्वजनिक

काठमाडौं । पद्मश्री साहित्य पुरस्कारको लागि छनोट भएका कृतिको संक्षिप्त सूची सार्वजनिक भएको छ ।

२०८१ सालमा प्रकाशित २०३ वटा साहित्यिक पुस्तक प्राप्त भएकोमा यसअघि १५ कृति छनोट गरिएको थियो । ती कृतिमध्येबाट ५ वटा छनोटमा परेका हुन्।

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अनुसार उरमाल (आख्यान), छालबाटो (गैरआख्यान), प्रणाम सगरमाथा (नियात्रा), स्व (उपन्यास) र हिउँको गीत (उपन्यास) संक्षिप्त सूचीमा परेका छन् । पाँच मध्यबाट एक पुस्तकलाई पद्मश्री पुरस्कारका लागि छनोट गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here