घट्याे सुनचाँदीकाे भाउ,यस्ताे छ आजको मुल्य

प्रतिकात्मक तस्विर

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य घटेको छ।
बुधबार प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला आठ सय रूपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ। आज सुनको भाउ प्रतितोला एक लाख ९३ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार सुन प्रतितोला १ लाख ९४ हजार चार सय रूपैयाँमा किनबेच भएको थियो। आज चाँदीको मूल्य पनि घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला २ हजार दुई सय ७० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

बुधबार चाँदी प्रतितोला दुई हजार तीन सय १० रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रूपैयाँ घटेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here