काठमाडौ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेकपा एमाले र नेपाली काँग्रेसबीच राजनीतिक अस्थिरता रोक्न सात बुँदे सहमति भएको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले यस्ताे बताएका हुन्। पछिल्लाे समय स्थिरता बढेको र सुशासन कायम हुन नसकेको जनगुनासो बढेसँगै स्थायित्व, स्थिरता र सुशासन दिनका लागि जनताको मागअनुसार दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाएको जिकिर गरे।
‘हामी जनतालाई अधिकार दिनका लागि राजनीतिमा आएको हो उनले भने ‘ उपप्रधानमन्त्री, मन्त्री, सांसद बनौँला भनेर पार्टीमा लागेको होइन ।’ सिंहले जनताको अधिकार खोसिएको छ, त्यसको पुनर्वहाली गर्न राजनीतिमा लागेका हौँ बताए ।
पहिला जस्ताे जेल जानुपर्ने पुलिसको लाठी खानुपर्ने, निर्वासित जीवन बिताउनुपर्ने, परिवारसँग अलग भएर बस्नुपर्ने अवस्था राजनीतिमा नभएको उनले जानकारी दिए। ‘सरकारमा खाली मन्त्री, उपप्रधानमन्त्री हुन मात्रै गएका होइनौँ उनले भने सात बुँदे जुन समझदारी बनेको छ, त्यो त्यसै सितिमिति कम आंकलन नगरौँ।’
उपप्रधानमन्त्री सिंहले नेपाली कांग्रेसलाई व्यवस्थित गरेर अघि लैजानुपर्ने बताए ।






















