आगामी उपनिर्वाचनदेखि विदेशबाट मतदानको व्यवस्था गर्न रास्वपाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचनदेखि नै विदेशबाट पनि मतदान गर्न पाउने व्यवस्था गर्न माग गरेको छ।

निर्वाचन आयोगले आयोजना गरेको सर्वदलीय छलफल कार्यक्रममा रास्वपाले यस्ताे माग गरेकाे हाे। रास्वपाले आगामी उपनिर्वाचनदेखि नै विदेशमा रहने नेपालीहरूका लागि मतदानको व्यवस्था सुनिश्चित गर्न माग गरेको हो।

रास्वपाका सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज विपिन कुमार आचार्यले आउँदो कार्तिक १७ गते हुने रुपन्देही–३ को उपनिर्वाचनबाटै विदेशबाट मतदान गर्ने प्रक्रिया पाइलट प्रोजेक्टका रूपमा सुरु गर्न निर्वाचन आयोगलाई आग्रह गरे।

निर्वाचनका लागि अझै तीन महिना बाँकी रहेको र यो अवधि एउटा निर्वाचन क्षेत्रमा विदेशबाट मतदान गर्ने व्यवस्थाको प्राविधिक र कानुनी प्रक्रियाका लागि पर्याप्त समय रहेको उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here